रुस र युक्रेनले गरे ३ सय युद्धबन्दी आदानप्रदान
onlinekhabar.com · Mon Dec 30 16:50:58 GMT 2024

१५ पुस, काठमाडौं । रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा युद्धबन्दी आदानप्रदान गरिएको हो ।
१५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर संख्यामा अदला–बदली गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । ती युक्रेनी सैनिकलाई रुसले सन् २०२२ को मे महिनादेखि बन्दी बनाए राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)