बेवास्ताले लिन्छ ज्यान
gorkhapatraonline.com · Thu Sep 17 23:52:21 GMT 2026

कुकुरले टोकेको घाउलाई ‘सामान्य’ मानेर साबुनपानीले पखाली ‘बिर्सने’ वा ‘केही हुँदैन’ भन्दै बेवास्ता गर्ने छुट नेपाली समाजलाई छैन । यही साना मानिएका बेवास्ताका कारण नेपालमा बर्सेनि एक सय जनाभन्दा धेरैको रेबिज सङ्क्रमणले अकालमा ज्यान गुमाइरहेका छन् । अझ चिन्ताजनक तथ्य के छ भने रेबिजका कारण मृत्यु हुनेमा करिब ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् जो प्रायः सडकका छाडा कुकुरसँग खेल्ने क्रममा टोकाइको सिकार हुन्छन् ।
नेपाल सरकारले सन् २०३० सम्ममा रेबिजका कारण हुने मानवीय क्षतिलाई शून्यमा झार्ने महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गरेको छ । यसका लागि सरकारले अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको छ । यद्यपि लक्ष्य हासिल गर्ने यात्रा भने निकै कठिन देखिएको सरोकारवाला बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)