कर्मचारीतन्त्रको घाँटीमा घन्टी कसले बांध्ने ?
corporatenepal.com · Mon Dec 19 16:02:25 GMT 2022
कुमार दाहाल
कर्मचारीतन्त्र स्वरुप होइन। प्रवृत्ति हो। कर्मचारीतन्त्रले विभिन्न स्वरुपमा भिन्नभिन्न प्रवृत्ति देखाउछ। सार्वजनिक र निजी संगठनमा कर्मचारीतन्त्रको प्रवृत्ति फरक हुन्छ । संसारमा सार्वजनिक प्रशासनका विभिन्न स्वरूप छन्। तर कर्मचारीतन्त्रको विशेषता प्राय फरक छैन। हेनरि फेवेलको प्रशासनको स्वरुप र संगठनको धारणा कर्मचारीतन्त्रको धारणा होइन। संगठन निर्माणको सिद्धान्त हो । म्याक्स वेबरले संगठनभित्र कर्मचारीको प्रवृतिले देखाउने व्यवहार नै कर्मचारीतन्त्र हो भनेका छन्। स्वरुप कहिलेकाही प्रवृति जस्तो पनि देखिन्छ। किनकि सधैभरी कर्मचारीले संगठनको लागि कार्यसम्पादन गर्दछ। त्यसैले हामी समग्र प्रशासनको संगठनमा कहिलेकाहीँ गडबडी देख्छौ। तर यो भ्रम मात्र हो। कर्मचारीतन्त्रको खराबी आफैबाट जन्मिन्छ भन्नेकुरा मेक्स वेवरले कर्मचारीतन्त्रको धारणामा स्पष्ट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)