अखिल क्रान्तिकारीको उमेर हदले नयाँ तरंग ल्यायो : शर्मा
ratopati.com · Mon Dec 30 17:08:00 GMT 2024

काठमाडौँ । नेकपा माओवादी केन्द्रका फ्राक्सन इन्चार्ज हिमाल शर्माले अखिल (क्रान्तिकारी) मा ३२ बर्षे उमेरहद कायम गरिनु ऐतिहासिक परिघटना भएको बताएका छन् । सो संगठनमा उमेर हद कायम भएको भोलिपल्ट सोमबार सामाजिक सञ्जालमार्फत शर्माले सो कुरा बताएका हुन् ।
शर्माले उमेरहद संगठनभित्र कसैको जितहार नभई बरु राजनीति वृतमा नयाँ मुद्दा स्थापित गराउने काम भएको बताएका छन् । यस घटनाले माओवादी केन्द्र लगायत राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको बताएका छन् । यसले अन्य विद्यार्थी संगठनहरुलाई समेत दवावमा परिरहेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)