ढोरपाटनमा आलु महोत्सव गरिने
gorkhapatraonline.com · Tue Jun 02 05:16:01 GMT 2026

जनैपूर्णिमाको अवसरमा बागलुङको ढोरपाटनमा प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल गरिने भएको छ । ढोरपाटन क्षेत्रमा उत्पादन हुने प्रसिद्ध आलु तथा अन्य अर्गानिक कृषि उत्पादनहरूको प्रवर्धन गर्ने उद्देश्यले ‘प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल’ गर्न लागिएको ढोरपाटन नगरपालिका कार्यबाहक नगर प्रमुख कल्याण कायतले बताउनुभयो । महोत्सव ढोरपाटन एयरपोर्ट प्राङ्गणमा गरिने उल्लेख गरेको छ ।
महोत्सव बारे आफ्नो फेसबुक पेजमा लेख्दै उनले ‘महोत्सव मार्फत कृषि, पर्यटन र खेलकुद क्षेत्रको विकासलाई गति दिनुका साथै स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धन गर्ने लक्ष्य राखिएको छ।’ उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)