सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध
rajdhanidaily.com · Tue Jun 02 05:19:18 GMT 2026

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको थियो। त्यसपछि सम्बन्धित निकायमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ