मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख

barnanmedia.com · Mon Aug 19 23:23:51 UTC 2024

काठमाडौँ, ४ भदौ : सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ ।

उहाँले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)