मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा २८७ बन्दुक फिर्ता

nepaltvonline.com · Thu Feb 05 23:45:10 GMT 2026

बैतडी – बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै २८७ भरुवा बन्दुक फिर्ता गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको र सोहीबमोजिम बन्दुक फिर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता बलदेब बडूले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)