जलसतह मापकहरूको पारिश्रमिक बढाउन माग
barnanmedia.com · Mon Aug 19 23:27:22 UTC 2024

काठमाडौँ, ४ भदौः सुदूरपश्चिम प्रदेशमा कार्यरत जलसतह मापक ९गेज रिडर०को पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसका अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको एक कार्यक्रममा सरोकार भएकाहरूले हाल दैनिक रु दुई सय ज्याला दिने गरिएकामा सो रकम बढाउन माग गरेका हुन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अत्यन्त न्यून ज्याला दिने गरिएकाले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकअनुरूप समायोजन हुनुपर्ने बताउनुभयो । उहाँले पारिश्रमिक बढाउने सवालमा आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलसतह मापकको जोखिम बीमा गर्नका लागि प्रदेशसभामा छलफल चलाइएकाले चाँडो निकास निस्किने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)