सीमावर्ती बासिन्दालाई चीन आउजाउ गर्न ५ वर्षे प्रवेशपास
ekantipur.com · Mon Aug 19 23:30:18 UTC 2024

काठमाडौँ — सरकारले चीनसँग सीमा जोडिएका जिल्लाका स्थानीयलाई राहदानीबेगर नै सीमापार ओहोर/दोहोर गर्न पाँचवर्षे प्रवेशपाससहितको प्रावधान ल्याएको छ । ताप्लेजुङदेखि दार्चुलासम्म १५ जिल्लाका नागरिकलाई चिनियाँ बजारसम्म आउजाउ गर्न जिल्ला प्रशासन कार्यालयबाट ५ वर्ष अवधिको परिचयपत्र दिने गरी ‘चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८१’ जारी गरेको हो ।
कार्यविधिअनुसार पहिलो चरणमा १० जिल्लाका १४ नाकाका लागि मात्र जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र पाउने प्रबन्ध गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)