चोरी भएको ट्याक्सी फेला पारी हस्तान्तरण
hamrakura.com · Fri Sep 18 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङस्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । पार्किङ गरिएको स्थानबाट चोरी भएको बा२ज २७८४ नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा लुकाइराखेको अवस्थामा फेला परेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेलापरेपछि आज सम्बन्धित धनीलाई बुझाइएको हो । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको उहाँले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)