खुल्यो आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक
ajakoartha.com · Fri Jul 17 10:48:00 GMT 2026

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) साउन १ गतेदेखि खुला गरिएको छ । १६ वटा अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन् ।
लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गरिँदै आएको छ । पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने गर्दछ। आइसिटी अवार्ड सम्भवतः नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रविधि अवार्डका रूपमा परिचित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)