राष्ट्रियसभाको बैठक आज बस्दै
barnanmedia.com · Fri Sep 18 00:15:34 GMT 2026

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दै छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)