मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग एनपिएल विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत

barnanmedia.com · Mon Dec 30 22:16:39 GMT 2024

नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो ।

सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको ¥यालीमा हजारौँ समर्थक सहभागी थिए । खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)