दुई हजारभन्दा बढी दरबन्दी कटौती
gorkhapatraonline.com · Fri Sep 18 00:31:28 GMT 2026

सत्र वटा सङ्घीय मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भएको छ । यो सर्वेक्षणले दुई हजार चार निजामती कर्मचारीको दरबन्दी कटौती हुने देखिएको छ । प्रारम्भिक विवरण अनुसार विशिष्ट श्रेणीका १० जना सचिव र ७२ सहसचिव गरी विभिन्न पदका निजामती कर्मचारीको दरबन्दी कटौती गरिएको हो । सरकारले प्रशासनिक सुधारमा मितव्ययिता कायम गर्दै कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले सबै सङ्घीय मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छ ।
कुल अठार मन्त्रालयमध्ये परराष्ट्र मन्त्रालयको ओएनएम बाँकी छ । ओएनएम सम्पन्न भएका मन्त्रालयमा सचिवदेखि कार्यालय सहयोगीसम्म दुई हजार ४७९ कर्मचारीको दरबन्दी कटौती भएको राष्ट्रिय किताबखानाको तथ्याङ्कमा उल्लेख छ । परराष्ट्र मन्त्रालयको भने केही दरबन्दी मिलाउन बाँकी भएको बताइएको छ । ओएनएम गरिएका मन्त्रालयमा कुल १९ हजार ६४२ दरबन्दी रहेको थियो । त्यसलाई आवश्यकताका आधारमा विभिन्न पद थपघट गरी १७ हजार १६३ दरबन्दी कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)