एक वर्षमा सरकारले उठायो १२ खर्ब ४१ अर्ब राजस्व, लक्ष्यको ८४ प्रतिशत संकलन
baahrakhari.com · Fri Jul 17 11:09:46 GMT 2026

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा राजस्व संकलनको लक्ष्यमा सन्तोषजनक प्रगति गरेको छ । महालेखा नियन्त्रक कार्यालयको असार मसान्तसम्मको प्रतिवेदनअनुसार, सरकारले यस आर्थिक वर्षका लागि राखेको कुल राजस्वको लक्ष्यमध्ये ८३.८७ प्रतिशत संकलन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । जसमध्ये १२ खर्ब ४१ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ । आवको अन्तिम दिन असार ३२ गते मात्रै सरकारले १६ अर्ब ५० करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)