मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४०० मिटर चौडा खोलामा २०५ मिटर पुलको ठेक्का

ekantipur.com · Tue Aug 20 00:01:19 UTC 2024

काठमाडौँ — झापाको गौरीगन्ज–६ चिल्लारा र मोरङको रतुवामाई–३ आमबारीलाई रतुवा खोलाले जोड्छ । खोलाको चौडाइ ४ सय मिटरभन्दा बढी छ, तर १७ वर्षअघि त्यहाँ पुल बनाउन सरकारले ठेक्का लगायो मात्र २ सय ५ मिटरको । खोलाबीचमा अलपत्र त्यो संरचनामा थप ७० मिटर थप्न दुई वर्षअघि अर्को ठेक्का लगाइयो, त्यो काम अझै अधुरै छ । अझ १ सय २५ मिटर पुल कहिले बन्ने हो, टुंगो छैन ।

पुल बनाउन थालिएको १७ वर्षसम्म पनि पूरा नहुँदा बर्खाका ६ महिना डुंगाबाटै नदी वारपार गर्नुपर्ने बाध्यता छ । मोरङ–सुनसरी पुल आयोजनाले २०६४/६५ मा १० करोड ३२ लाख ९१ हजारमा काठमाडौंको कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको २ सय ५ मिटरको पुल छोटो भएकाले खोलाको बीचमै छ । ‘खोलाको चौडाइ ४ सय मिटरभन्दा धेरै छ, तर पुल बन्यो २ सय ५ मिटरको,’ हुलाकी सडक आयोजनाका इन्जिनियर प्रभातकिरण राईले भने, ‘खोलाको बीचमै पुल सकियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)