मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शरीरमा लुकाएर ल्याएको लागूऔषध फेला, दुई जना पक्राउ

kalakarmi.com · Tue Jun 02 05:58:32 GMT 2026

मोरङ्ग- मोरङ्ग जिल्लाको रंगेली नगरपालिका-४ चोप्राहा स्थित सीमा ईलाकाबाट जेठ १८ गते खैरो हिरोईन जस्तो देखिने लेसिलो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिईएकाहरुमा सोही जिल्लाको उर्लावारी नगरपालिका-४ बस्ने ३२ वर्षिय अभिषेक कार्की र बेलवारी नगरपालिका-२ बस्ने २९ वर्षिय नविन निरौला छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रंगेली र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमध्ये अभिषेक कार्कीले प्लाष्टिकमा प्याक गरी शरिरको विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको करीव ७ किलो ४ सय ग्राम खैरो हिराईन जस्तो देखिने लेसिलो पदार्थ फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)