मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा मन्त्रिपरिषद् विस्तार नहुँदा प्रदेशसभा ठप्प

ekantipur.com · Tue Aug 20 00:08:18 UTC 2024

विराटनगर — कोशीमा मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रदेशसभाको वर्षे अधिवेशनमा ढिलाइ भएको छ । गत असार ८ मा बैठक बसेर स्थगित भएको प्रदेशसभा करिब दुई महिनायता ठप्प छ । एमाले र कांग्रेसको गठबन्धनमा सरकार गठन भएको छ । तर आन्तरिक भागबन्डा नमिल्दा कांग्रेस अझै सरकारमा सहभागी भइसकेको छैन ।

प्रतिपक्षी दल माओवादीले प्रदेशसभाको बैठक तत्काल सुरु गर्न मुख्यमन्त्री र सभामुखको ध्यानाकर्षण गराएको छ । तर, कांग्रेस सरकारमा सामेल नभएसम्म संसद् चल्ने स्थिति देखिँदैन । ‘कांग्रेसबाट मन्त्रीहरू टुंगो लागेर सरकारमा सहभागी नभएसम्म संसद् चल्ने सम्भावना छैन,’ संसद् सचिवालयका एक कर्मचारीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)