मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले इन्द्रावती नदी थुनिने खतरा

gorkhapatraonline.com · Tue Aug 20 00:07:02 UTC 2024

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ४ गते । पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कस्थित सल्लाघारीमा आएको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिन सक्ने खतरा बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार नदीको केही भाग पहिरोले थुनिएको छ । सुक्खा पहिरो झरिरहेकै छ । नदी थुनिएर खोलिएमा बाढीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको एसपी खड्काले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)