जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघको विरोध
swasthyakhabar.com · Fri Sep 18 00:42:28 GMT 2026

जनकपुरधामस्थित जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले विरोध जनाएको छ। प्रसूति सेवा लिन आएकी महिलाका आफन्तले चिकित्सकमाथि कुटपिट गरेको आरोप अस्पतालले लगाएको छ।