मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङ र जाजरकोटमा पहिरोमा परेर ७ को मृत्यु

ekantipur.com · Tue Aug 20 00:13:29 UTC 2024

धनगढी, सुर्खेत, जाजरकोट — बझाङ र जाजरकोटमा आइतबार राति आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । बझाङमा ४ र जाजरकोटमा ३ जनाको मृत्यु भएको हो । बझाङको बुंगल नगरपालिका–१० टुमेडाका उज्जल धामीको घरमा सोमबार बिहान पूजाको तयारी थियो ।

आइतबार पुरोहितसहित आफन्त त्यहीं जम्मा भएर सुतेका थिए । तर मध्यराति आएको पहिरोले घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उज्जलकी आमा, श्रीमती र दुई छोरी छन् । ६ जनाको उद्धार गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)