रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
nepalpress.com · Sat Jun 06 10:29:37 GMT 2026
रूपन्देही । पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी जेठ २५ गते हुने संघको निर्वाचनलाई लक्षित गर्दै उनले शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
लुम्बिनी खुकुरी क्लव, बेलहियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौचनले क्रिकेट खेल र खेलाडीले भोगिरहेका समस्याको समाधान तथा जिल्लाको क्रिकेट विकासका लागि आफू नेतृत्वमा आउन चाहेको बताए । यसअघि पनि अध्यक्ष पदका उम्मेदवार बनेका गौचनले यसपटक क्रिकेट समुदायको साथ र विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)