राष्ट्रियसभाको बैठक आज बस्दै
nepalsamaya.com · Fri Sep 18 00:18:00 GMT 2026

काठमाडौं- सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)