न्यायाधीशको दरबन्दी थप्न सिफारिस
gorkhapatraonline.com · Fri Sep 18 00:47:33 GMT 2026

मुद्दाको कार्यबोझका आधारमा उच्च र जिल्ला अदालतमा न्यायाधीश दरबन्दी थप गर्न न्याय परिषद्ले गठन गरेको अध्ययन समितिले प्रधान न्यायाधीशलाई सुझाव दिएको छ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष परिषद् सदस्य एवं अध्ययन समिति संयोजक महेशकुमार नेपालले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । मुद्दा सङ्ख्याका आधारमा उच्च अदालतमा २८ र जिल्ला अदालतमा १०४ जना गरी १३२ न्यायाधीशको दरबन्दी थप गर्न समितिले सिफारिस गरेको छ ।
मुद्दा लगत, नयाँ कानुनले गरेको कार्यक्षेत्र विस्तारलगायतलाई आधार मानेर दरबन्दी संरचना हेरफेर प्रस्ताव गरिएको संयोजक नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “मुद्दा लगतका आधारमा हामीले दरबन्दी संरचना हेरफेरसहित प्रतिवेदन बुझाएका छौँ । नयाँ कानुनले समेत न्यायाधीशको कार्यक्षेत्र विस्तार भएको छ । मुद्दा निवेदन प्रतिवेदनको अनुपातमा हामीले जनशक्ति आकलन र सिफारिस गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)