सीपसँग टाढिँदै गएको शिक्षा
rajdhanidaily.com · Tue May 04 23:32:00 GMT 2021
शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ । देवशमशेर राणाले छटो समयमा देशभर १ सय ५० भन्दा बढी विद्यालय स्थापना गरेका थिए । तत्कालीन समयमा सर्वसाधारणका लागि थालनी गरिएको शिक्षा विकासले आजसम्म पनि अपेक्षित रूपमा सीपसँग जोडिन सकेको छैन । यसमा हामी कता चुक्यौ ? किन सीप र शिक्षा व्यवहारमा जोडिन सकेन ? शिक्षामा लगानी उत्पादनसँग नदेखिनुको कारण के के हुन् ? भन्ने प्रश्नका उत्तर राज्यले गम्भीरताका साथ खोज्न सकेको देखिँदैन । शिक्षामा समानताको चर्चा गरिएको लामो समय भइसक्यो । हामीले हाल अवलम्बन गरेको शिक्षा नीति उदारवादी नै हो । शिक्षाले मानवलाई सबल सिर्जनशील र स्वरोजगार बनाउँछ भन्ने मान्यता रहेको छ ।
शिक्षा रोजगारमूलक नभएकाले नै होनहार युवा जनशक्ति बिदेसिएका छन् । हामीले २०÷२५ वर्ष लगाएर अनेकांै समस्यामा पनि विचलित नभई सक्षम नागरिक तयार भयो भन्छौ तर ऊ प्रमाणपत्र हात नपर्दै भिसा लिन हतारिन्छ । यो अधिकांश नेपालीले अनुभूति गरेको ज्यादै नमिठो सत्य पनि हो । शिक्षित मात्र नभई साक्षरको रोजाइ पनि विदेश नै भएको देखिन्छ । युवा स्वदेशमा नै राख्न नसक्नुका कारणबारे राज्य गम्भीर हुनु जरुरी देखिन्छ । स्वेच्छाले विदेशमा आकर्षित हुने एउटा वर्ग छ भने अर्को बाध्यताले श्रमका लागि बिदेसिने वर्ग छन् । यी दुवै वर्गलाई स्वदेशमा नै श्रम र सम्मान पाइन्छ भन्ने सुनिश्चतताका लागि प्रभावकारी रूपमा योजनासहितका कार्य गर्नुपर्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)