गिरीबन्धु टी–इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
nayapatrikadaily.com · Sat Mar 12 00:26:00 GMT 2022
झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको हदबन्दीभन्दा धेरै जग्गा सट्टाभर्ना तथा स्थानान्तरण गर्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । संविधानसँग बाझिने गरी भूमिसम्बन्धी ऐन नै संशोधन गरी हदबन्दीभन्दा धेरै जग्गा सट्टाभर्ना तथा स्थानान्तरण गर्न दिने निर्णयविरुद्ध परेको रिटमा सात महिनापछि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।
अधिवक्ता भक्तराज भारतीले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले मागअनुसार अन्तरिम आदेश दिएको हो । केपी ओली सरकारले गत १३ वैशाखमा भूमिसम्बन्धी ऐन नै संशोधन गरेर हदबन्दीभन्दा धेरै जग्गा बिक्री गरेर चियाबगान सार्न दिने निर्णय गरेको थियो । संसद्को कृषि समितिको निर्देशनमा यसअघि नै सो निर्णय कार्यान्वयन प्रक्रिया रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)