अब कांग्रेसको नयाँ क्रियाशील सदस्यता अनलाइनबाटै लिन सकिने
nepalpress.com · Tue Jun 02 06:11:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको हो।
नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने योग्यता पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)