‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार : यस्ता कम्पनीले मात्र पाउनेछन् अनुमति ?
arthasansar.com · Fri Sep 18 00:54:40 GMT 2026

नेपाल धितोपत्र बोर्डले ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार पारेको छ। पूँजी बजारलाई पारदर्शी, सुरक्षित, विश्वासीलो र दिगो बनाउने उद्देश्यका साथ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले यो निर्देशिका तयार पारेको हो।
निर्देशिकामा पूँजी बजारमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्न चाहने संगठित संस्थाहरूका लागि नयाँ योग्यतासम्बन्धी मापदण्ड समेटिएको छ । निर्देशिका अनुसार सार्वजनिक निष्काशन गर्न चाहने संस्था प्रचलित कानून बमोजिम दर्ता भएको, व्यावसायिक अनुमति प्राप्त गरेको र आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरी कम्तीमा एक पटक लेखापरीक्षण तथा वार्षिक साधारण सभा सम्पन्न गरिसकेको हुनुपर्नेछ। संस्थाले सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोगसम्बन्धी स्पष्ट योजना साधारण सभाबाट स्वीकृत गराउनुपर्नेछ। यसैगरी संस्थाले आफ्नै आधिकारिक वेबसाइट सञ्चालन गरी विगत ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, भावी योजना, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यता, अनुभव र उनीहरूको शेयर लगानीको प्रतिशत खुलाउनु पर्ने व्यवस्था गरिएको छ। सार्वजनिक निष्काशनका लागि निवेदन दिएपछि बोर्डको स्वीकृतिविना पूँजी संरचनामा परिवर्तन गर्न नपाइने नियम पनि राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)