जसले स्वागतमा तँछाडमछाड गरे, उनैले देउवाको साथ छोडे
annapurnapost.com · Fri Sep 18 00:49:51 GMT 2026

काठमाडौं : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक यात्रामा एउटा रोचक विरोधाभास देखिएको छ। सिंगापुरबाट फर्किँदा विमानको समयसमेत परिवर्तन गराएर विमानस्थलमा स्वागत गर्ने नेताहरू धमाधम देउवाको साथ छाडेर पार्टी सभापति गगन थापा नेतृत्वको संरचनातर्फ लागेका छन्।
देउवा उपचारका लागि सिंगापुरमा रहेका बेला सुरुमा २६ साउन राति ९ः४५ बजे काठमाडौं फर्किने कार्यक्रम थियो। तर, केही नेता–कार्यकर्ताले विमानस्थलमा स्वागत गर्न ठूलो संख्यामा उपस्थित हुन पाउनुपर्ने आग्रह गरेपछि उनको उडान २८ साउन दिउँसो १२ः२५ बजे सारिएको थियो। तत्कालीन कांग्रेस नेता प्रकाशशरण महतले यसको पुष्टि गर्दै भनेका थिए, ‘सबैले दिउँसो आउनुपर्छ भनेपछि संशोधन भयो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)