भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण रद्द, पाकिस्तान शीर्ष चारमा
deshsanchar.com · Sat Sep 02 16:36:59 GMT 2023
काठमाडौं- एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबिचको खेल वर्षाले रद्द भएको छ। पहिलो इनिङ दुई पटक वर्षाका बाबजुत सम्पन्न भएपनि दोस्रो इनिङ वर्षाले सुरु हुन नसक्दा खेल नतिजाविहीन भएको हो। खेल रद्द भएसँगै भारत र पाकिस्तानले १-१ अङ्क बाँडेका छन्। एक अङ्क सँगै पाकिस्तानले शीर्ष चारमा स्थान बनाएको छ।
समूह ‘ए’ बाट शीर्ष चारमा पुग्ने दोस्रो टिमको तय सोमबार नेपाल र भारतबिच हुने खेलबाट तय हुने छ। अब नेपालले शीर्ष चारमा पुग्न भारतलाई हराउनु पर्ने छ। यदि नेपालले भारतलाई पराजित गरेमा दुई अङ्क सहित नेपाल शीर्ष चारमा पुग्ने छ। तर खेल रद्द भएमा या भारतले जितेमा भारत शीर्ष चारमा पुग्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)