लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
gorkhapatraonline.com · Fri Sep 18 00:59:33 GMT 2026

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ । प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्ज्वलनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । बैठकले असोज २ गते प्रदेशस्थित सबै सरकारी निकायले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश राजधानी परिसरको सरसफाइको समन्वय आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)