मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आलु प्याजले समात्यो अवैध बाटो, वैध व्यापारी पलायनको चपेटामा

rajdhanidaily.com · Tue Feb 27 23:43:41 GMT 2024

वीरगन्ज । तरकारी तथा फलफूल समेत आयात हुने कृषि प्रधान मुलुकका आलु–प्याज व्यापारी सरकारकै कर नीतिका कारण पलायन हुने अवस्थामा पुगेको खुलेको छ । चालु आर्थिक बर्षका लागि नेपाल सरकारले लिएको कर नीतिका कारण आलु प्याजमा १३ प्रतिशत भ्याट थप हुँदा आलु प्याजको वैध व्यापार गर्ने व्यापारी पलायन हुने अवस्था पुगेको खुलेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा ३२ अर्बको मात्र फलफूल तथा तरकारी आयात भइसकेको मुलुकको भन्सार जाँजचासमा लागेको करले नेपालीको भान्सा महँगिने मात्र नभई सीमा क्षेत्रमा आलु प्याजमा मौलाएको अवैध आयातले वैध व्यापारी धमाधम सटर बन्द गर्न थालेका छन् । वीरगन्जको घण्टाघर नजिक गोदाम संचालन गरी आलु र प्याजको कारोबार गर्ने राजकुमार गुप्ता केही तीन महिना अगाडी सटर बन्द गर्न बाध्य भए । अवैध व्यापारसँग प्रतिस्पर्धा गर्न नसकी उनले सटर बन्द गर्नु परेको दुखेसो गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)