काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
nagariknews.nagariknetwork.com · Fri Sep 18 01:08:51 GMT 2026

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ धनेश्वरस्थित एक छोरी बाबुको काजकिरियामा बसेकी छिन्। उनका पिता सुन्दर थापाको निधनपछि एकमात्र छोरी समीक्षाले बुबाको काजकिरिया गरिरहेकी छिन्।
छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन आफ्नो कर्तव्य सम्झेर बुबाको काजकिरियामा बसेको समीक्षाको भनाइ छ। समीक्षाले बुबाको निधनपछि आफैँ काजकिरियामा सहभागी भएर छोरी पनि आमाबुबाको समान सन्तान हुन् भन्ने व्यावहारिक सन्देश दिनका खोजेको स्थानीय दीपक थापाले बताए। समीक्षाका बुबाको गत भदौ २८ गते निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)