भारतीय अर्थमन्त्रीपछि विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले
nagariknews.nagariknetwork.com · Fri Sep 18 01:03:18 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने भएका छन्। वाग्लेले आज साँझ ५ बजे जयशंकरसँग भेटवार्ता गर्ने उनको सचिवालयले जनाएको छ।
उनी आज बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। यस्तै, साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)