अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु
reportersnepal.com · Fri Sep 18 01:15:04 GMT 2026

अर्घाखाँची । जिल्लाका विद्यालयमा नियमित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत सन्धिखर्क नगरपालिका-२ स्थित सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलमा नियमित एचपिभी खोप कार्यक्रम शुभारम्भ गरिएको हो ।
जिल्ला खोप समन्वय समिति अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको समन्वयमा आज आयोजित खोप शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले एचपिभी खोप पाठेघरको मुखको क्यान्सरबाट जोगिनका लागि महत्वपूर्ण रहेको बताउँदै लक्षित समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)