मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरीका १६ कामदार भारतमा बन्धक

ratopati.com · Thu Jun 04 11:25:17 GMT 2026

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन् ।

बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका सो १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन् । बर्दिवास १४ का १७ वर्षीय मुकेश १६ वर्षीय किसन १३ वर्षीय आशिक २१ वर्षीय अमृत निजकी पत्नी २० वर्षीया किरण, ३५ वर्षीय झरी निजकी पत्नी ३४ वर्षीया लालमुनी, छोरीहरु १६ वर्षीया काजल, १३ वर्षीया साजन, छोरा नौ वर्षीय शङ्कर सदा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)