एन्टी स्नेक भेनम नभएपछि बर्दिवासको सर्पदंश उपचार केन्द्रमा सेवा ठप्प
kendrabindu.com · Fri Sep 18 01:18:33 GMT 2026

महोत्तरी । महोत्तरीको बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ। मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडामा एन्टी स्नेक भेनमको चरम अभाव भएको हो। यसले सेवा बन्द गर्नुपरेको केन्द्रले जनाएको छ।
चालु आर्थिक वर्ष २०८३र८४ को प्रारम्भदेखि नै विषालु सर्पको टोकाइको उपचारमा प्रयोग हुने उक्त भेनमको अभाव हुँदै आएको केन्द्रले जनाएको छ । उपचार सेवालाई निरन्तरता दिन प्रयत्न गरिए पनि भेनम पाउन नसकेपछि बाध्य भएर सूचना टाँस गर्नुपरेको केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)