जाल्दीगाडका लागि जुट्यो लगानी
gorkhapatraonline.com · Fri Sep 18 01:21:07 GMT 2026

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५ मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
साङ्ग्रिला हाइड्रोपावर प्रालिले प्रवर्धन गरेको सो आयोजनामा राष्ट्रिय वाणिज्य बैङ्कको नेतृत्वमा नेपाल बैङ्क र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले संयुक्त रूपमा तीन अर्ब ३६ करोड रुपियाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी एक अर्ब २३ करोड ७१ लाख रुपियाँ प्रवर्धकले स्वपुँजीका रूपमा लगानी गर्ने छन् । आयोजनाका लागि चार अर्ब ६० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)