माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने
kendrabindu.com · Tue Jun 02 06:49:15 GMT 2026

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको २२५औँ बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
कम्पनीले प्रवद्र्धन गरेको ३५ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी तथा सञ्चित नाफाका आधारमा लाभांश प्रस्ताव गरिएको जनाएको छ । निर्णयअनुसार हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बराबर १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ मूल्य बराबरको बोनस सेयर वितरण गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ