नेवानि र हिमालय एयरबाट सहयोग
gorkhapatraonline.com · Fri Sep 18 01:27:56 GMT 2026

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीपीडितका लागि नेपाल वायुसेवा निगमले ९८ लाख ३५ हजार ९७६ रुपियाँ आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले निगमले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।निगमले यसअघि बाढीपीडितसँग सम्बन्धित सामान विदेशबाट ढुवानी गर्दा छुट दिने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)