भारत जाँदै गरेका २ किशोरीको उद्धार, लिन आएका २ पुरुष पक्राउ
kendrabindu.com · Fri Sep 18 01:27:22 GMT 2026

बाँके । बाँकेको नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ। नाकामा ती किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीले जनाएको छ।
विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्सामा दुई किशोरीलाई सशस्त्र प्रहरीले फेला पारेको थियो। उद्धार गरिएका दुवै किशोरी बर्दियाका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)