बीबीएस अध्ययनरत युवाले खर्च जुटाउन खोले चिया पसल
ratopati.com · Fri Sep 18 01:30:38 GMT 2026

जनकपुरधाम । जनकपुरधाम–११, जानकी चोकका २५ वर्षीय उत्सव गुप्ता बीबीएस तहमा अध्ययनरत छन् । अध्ययनसँगै उनी समाजसेवामा पनि रुचि राख्छन् । अध्ययन होस् या समाजसेवा– सबैभन्दा पहिला पैसाकै प्रवन्ध गर्नुपर्ने हुन्छ ।
उत्सवको परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन । उनको परिवारमा ४ जना छन् । बुवा मुन्ना भारतको एक कम्पनीमा काम गर्छन् भने आमा संगीता अपाङ्गता भएकी छन् । उनले ब्यूटी पार्लर खोलेकी छन् । बहिनी उन्नती प्लस टुमा अध्ययनरत छिन् । बुवा र आमाको कमाइले जसोतसो घरको आवश्यकता पूरा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)