क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगी आरोपमा भरतपुरस्थित एक अस्पतालमा कार्यरत चिकित्सक पक्राउ
nepalbahas.com · Tue Jun 02 06:41:38 GMT 2026

क्रिप्टोकरेन्सी र डिजिटल ठगी आरोपमा भरतपुरस्थित एक अस्पतालमा कार्यरत चिकित्सक पक्राउ
१९ जेठ, चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एक घरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी डा यादवका बारेमा अनुसन्धान गर्दा उहाँ अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेला परेको छ ।
भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के–कति व्यक्तिबाट कति ठगी गरे भन्ने बारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।
अपराध
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
लागूऔषध सहित चार जना पक्राउ
जेठ १९, २०८३ मंगलबार
हत्या अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८३ सोमबार
थाइल्याण्डबाट काठमाडौं ल्याइएकी टिकटकर तुलसा अधिकारीविरुद्ध ६ करोड बढी ठगीको आरोप
जेठ १७, २०८३ आइतबार
नेपालबहस ट्रेन्डिङ
हेटौंडा बचत सहकारीमा भाँडभैलोः बचतकर्ताको करोडौं रकम जोखिममा
नेपालबहस संवाददाता
जेठ १६, २०८३ शनिबार
अवैध नागरिकताको आडमा विभिन्न अवैध कारोबारः लागूऔषध, सुनचाँदी तस्करीदेखि भारतीय अवैध रुपैयाँको कारोबार !
नेपालबहस संवाददाता
जेठ १६, २०८३ शनिबार
थाइल्याण्डबाट काठमाडौं ल्याइएकी टिकटकर तुलसा अधिकारीविरुद्ध ६ करोड बढी ठगीको आरोप
नेपालबहस संवाददाता
जेठ १७, २०८३ आइतबार
लागू भयो आर्थिक ऐन २०८३ : के के वस्तु महंगिए, पाउरोटीदेखि चुरोट र मदिरासम्म बढ्यो कर ?
नेपालबहस संवाददाता
जेठ १६, २०८३ शनिबार
Tweets by nepalbahas
लोकप्रिय
१
विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको आरोप खेपिरहेका महरालाई १ लाख धरौटीमा छाड्न आदेश
जेठ १८, २०८३ सोमबार
२
एक्कासि सदनमा जवाफ दिन हौसिएका प्रधानमन्त्री सीमा विवादमा फसे, अभिव्यक्तिको चारैतिर निन्दा
जेठ १८, २०८३ सोमबार
३
सदनमा अमर्यादित व्यवहार देखाउने सांसदमाथि कारबाही गर्न सभामुखले बनाए छानबिन समिति
जेठ १८, २०८३ सोमबार
छुटाउनुभयो कि?
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर र नगद लाभांश वितरण गर्ने
जेठ १९, २०८३ मंगलबार
सगरमाथा आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा संसद सचिवालयबाट सम्मानित
जेठ १९, २०८३ मंगलबार
क्रिप्टोकरेन्सी र डिजिटल ठगी आरोपमा भरतपुरस्थित एक अस्पतालमा कार्यरत चिकित्सक पक्राउ
जेठ १९, २०८३ मंगलबार
पीएसँग केरकार गरेपछि ठोरीको एक रिसोर्टबाट पक्राउ परे फरार रहेका वीरगन्जका मेयर राजेशमान सिंह
जेठ १९, २०८३ मंगलबार
कालिगण्डकी नदीको तटीय क्षेत्र र आसपासको दृश्य
जेठ १९, २०८३ मंगलबार
मुस्ताङको कागबेनी क्षेत्रको खेतबारी
जेठ १९, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
राजेशमान सिंह
नेपाल प्रहरी
काठमाडौँ