लाइसेन्समा शतप्रतिशत स्वामित्व दिए स्टारलिंक नेपाल आउने
baahrakhari.com · Tue Jun 02 06:59:33 GMT 2026

काठमाडौं । स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवाप्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंकले नेपालमा सेवा विस्तारका निम्ति सरकारसँग छलफल गरेको छ । कम्पनीकी निर्देशक रेबिका हन्टरले सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग भेट गर्दै नेपालमा सेवा सञ्चालनका निम्ति भइरहेको तयारीबारे जानकारी गराएकी हुन् ।
मन्त्रालयमा भएको भेटवार्ताका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालन गर्न चाहेको भए पनि केही नीतिगत तथा कानुनी जटिलताका कारण हालसम्म अनुमति प्राप्त गर्न नसकेको बताइन् । उनले सेवा सञ्चालनका निम्ति जारी गरिने लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व हुनुपर्ने कम्पनीको धारणा रहेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ