टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
barnanmedia.com · Thu Jun 04 11:19:03 GMT 2026

कैलालीको टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा यही जेठ २३ र २४ गते सम्मेलन हुन लागेको हो ।
सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले आज प्रतिनिधिसभा, राष्ट्रियसभा तथा सातवटै प्रदेशसभाका पदाधिकारीको सहभागिता रहने जानकारी दिनुभयो । उहाँले सम्मेलनमा सङ्घीय संसद् तथा सबै प्रदेशसभाले हालसम्म निर्माण गरेका कानुन, भएका प्रगति, आगामी दिनमा गर्नुपर्ने काम र कठिनाइकाबारेमा छलफल तथा अनुभव आदानप्रदान गरिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)