फिफा अध्यक्षसँग 'हिस्सा बिक्री योजना' का कागजात सार्वजनिक गर्न माग
barnanmedia.com · Fri Sep 18 01:30:50 GMT 2026
इङ्लिस फुटबल एसोसिएसनकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र पठाउँदै विश्वकपको स्वामित्वको केही हिस्सा बिक्री गर्ने विवादास्पद योजनासँग सम्बन्धित सबै कागजातहरू सार्वजनिक गर्न माग गरेकी छिन्।
पत्रमा हेविटले अक्टोबर १५ मा बस्ने फिफा काउन्सिलको आगामी बैठकअघि नै ती कागजातहरू उपलब्ध गराउनुपर्ने शर्त राखेकी छिन्। साथै, अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथि लगाइएको निलम्बन फुकुवा गरिनुको लिखित स्पष्टीकरण पनि फिफा काउन्सिलले पाउनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)