विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ नेतृत्व: अवसर, उत्तरदायित्व र रूपान्तरणको अपेक्षा
nepalpress.com · Fri Jul 17 12:20:36 GMT 2026

नेपाल सरकारद्वारा खुला प्रतिस्पर्धा र योग्यताप्रणाली (मेरिटोक्रेसी) का आधारमा विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नयाँ नेतृत्व चयन भएसँगै नेपालको उच्च शिक्षा क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ। उत्कृष्ट भिजन, स्पष्ट रणनीतिक कार्ययोजना तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत कार्यभार सम्हाल्नुभएका नवनियुक्त उपकुलपतिहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
यो नियुक्ति केवल पद परिवर्तन मात्र होइन; उच्च र स्वास्थ्य शिक्षाको भविष्यप्रति राज्यले गरेको विश्वास, पारदर्शी छनोट प्रक्रिया र योग्यताप्रणालीप्रतिको प्रतिबद्धताको सशक्त सङ्केत पनि हो। सार्वजनिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुनु संस्थागत सुशासन, जवाफदेहिता र उत्कृष्टताको संस्कार विकासतर्फको सकारात्मक कदम हो। अब यो अभ्यास कति निरन्तर र संस्थागत हुन्छ भन्ने कुरा आगामी निर्णयहरूले निर्धारण गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)