विश्व बैंक समूहले सन २०२६ मा १ खर्ब १२ अर्ब डलर पुँजी परिचालन
kendrabindu.com · Fri Sep 18 01:47:19 GMT 2026

काठमाडौं । विश्व बैंक समूहले आर्थिक वर्ष सन् २०२६ मा इतिहासकै सर्वाधिक निजी पुँजी परिचालन गरेको छ। समूहले हालसम्मकै उच्च परिमाणमा ग्यारन्टी जारी गर्दै विकासशील अर्थतन्त्रमा आफ्नै वित्तीय स्रोत र विशेषज्ञतासँगै थप निजी पुँजी परिचालन गर्ने लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको हो।
विश्व बैंक समूहले परिचालन गरेको निजी पुँजी पछिल्लो चार वर्षमा तीन गुणाभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्ष सन् २०२२ मा ३५ अर्ब अमेरिकी डलर रहेको निजी पुँजी परिचालन आर्थिक वर्ष सन् २०२६ मा बढेर १ खर्ब १२ अर्ब डलर पुगेको हो। समूहको आफ्नै वित्तीय स्रोतसमेत जोड्दा आर्थिक वर्ष २०२६ मा विकासशील अर्थतन्त्रमा परिचालन तथा लगानी भएको कुल रकम २ खर्ब डलरभन्दा बढी भएको विश्व बैंक समूहले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)