बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
nepalnews.com · Fri Sep 18 01:51:25 GMT 2026

महोत्तरी। बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ । मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले एन्टी स्नेक भेनमको अभावमा सेवा बन्द गर्नुपरेको जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को प्रारम्भदेखि नै विषालु सर्पको टोकाइको उपचारमा प्रयोग हुने उक्त भेनमको अभाव हुँदै आएको केन्द्रले जनाएको छ । उपचार सेवालाई निरन्तरता दिन प्रयत्न गरिए पनि भेनम पाउन नसकेपछि बाध्य भएर सूचना टाँस गर्नुपरेको केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)